क्षयरोगको खास भय छैन, हामीलाई । ’cause अहिले क्षयरोगले हामीलाई उत्ति अत्याएको अवस्था छैन । यसको निदानका लागि सरकारी तहबाटै विशेष पहल जारी छ । उपचारदेखि औषधीसम्म निशुल्क उपलब्ध भइरहेको छ । तर, पछिल्लो तथ्यांकले क्षयरोगको भयबाट हामी अझै मुक्त नभइसकेको देखाउँछ । तथ्यांक भन्छ, हजारौं नेपाली क्षयरोगकै कारण मृत्युको मुखमा पुगिरहेका छन् । अझ अत्याउने तथ्यांक त के छ भने, यसको रोगी प्रतिबर्ष बढ्दो अवस्थामा छ ।
हामीले खास ध्यान नदिएको वा सर्तकता नअपनाएको यो रोगले भोलिको दिनमा भयावह समस्या निम्त्याउन सक्ने खतरा अझै बाँकी छ । यसै सन्दर्भमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकसँग अनलाइनखबरले गरेको कुराकानीको सारंश यहाँ पेश गरिएको छ ।
यो रोग कसरी लाग्छ ?
यो सरुवा रोग हो । एक संक्रमित व्यक्तिबाट अरुलाई सजिलै सर्छ ।
जस्तो, कुन अवस्थामा ?
संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा हावाको माध्ययमबाट क्षयरोगको जीवाणु सर्छ । यो रोग माइक्रोव्याक्रियम ट्युबर्कुलोसिस् नामक किटाणुबाट लाग्ने गर्दछ । मानिसको यसको जीवाणु प्रवेश गरेपछि उसको रोग प्रतिरोधात्मक क्षमताअनुसार रोगले आक्रमण गर्छ ।
कसरी यो रोग सरेको थाहा पाउने ?
जीवाणुु प्रवेश गरेको छ महिनादेखि एक वर्षमा रोगका लक्षण देखापर्न थाल्छन् । छ महिनादेखि एक वर्षसम्मको अवधिलाई झ्याली समय पनि भनिन्छन् । यो रोगका जीवाणुले एक प्रकारको विष उत्पादन गर्छ । जसलाई टूबेरकुलिन भनिन्छ र यसले सरिरका कोषालाई क्षय बनाउँछ ।
यसका लक्षण के कस्ता देखिन्छन् ?
यसका लक्षण सजिलै थाहा हुन्छ । संक्रमण सुरु भएपछि उनको शरीरमा केही परिवर्तन देखा पर्छ । जस्तै,
– लामो अवधिको खोकी लाग्नु
– खकारमा रगत देखा पर्नु
-साँझपख ज्वरो आउनु
– राति सुतेको बेलामा पसिना आउनु
– तौल घट्दै जानु
– अन्य अंगको संक्रमण भएमा अन्य थुप्र लाक्ष्ण देखापर्छन् ।
कसरी परीक्षण गर्ने ?
फोक्सोको क्षयरोग निदान गर्ने सरल र भरपर्दो उपाय भनेको खकार परीक्षण हो । नियमित दुई हप्ताभन्दा बढी समय खोकी लागेमा अनिवार्य रुमा खकार परीक्षण गर्नु पर्छ ।
त्यस्तै, क्षयरोग निदानको लागि एक्स-रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् । रोगको पहिचान गर्न गाह्रो भएमा जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गराउनु पर्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि एफएनएसी, बायोपसी, कल्चर टेस्ट आदि परीक्षण गर्न सकिन्छ ।
